काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुनको मूल्य तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९१ हजार ९०० रुपैंया कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैंया रहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९१ हजार ८०० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रही १ हजार २४० रुपैंयामा नै कारोबार हुने महासंघले जनाएको हो ।
प्रकाशित मितिः २०७८ माघ १८ मंगलबार
Comments