काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।
बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँमा कारोबार भएको हो ।
प्रकाशित मितिः २०७८ माघ १४ शुक्रबार
Comments