काठमाडौैं । आज विहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो बुधबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार पनि सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो बुधबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments