काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु. २५ अर्बको नेपाल सरकारका ट्रेजरी बिल सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ । बोलकबोल आज दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिलको खरिद मिति भने भोलि मंसिर १७ गते तय गरिएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी मिति फागुन मसान्तसम्म तोकिएको छ । काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिलको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ ।
काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ । यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिलको परिमाण रु। १ करोड वा रु. १ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ ।
काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल सबैभन्दा कम बोलमूल्य क्रमका आधारमा बहुमूल्यमा राष्ट्र बैंकले खरिद गर्न सक्नेछ ।
प्रकाशित मितिः २०७८ मंसिर १६ बिहिबार
Comments