काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने गत सोमबारको तुलनामा मंगलबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर १४ मंगलबार
Comments