काठमाडौं । साताको पहिलो पनि आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार ४ सय रहेको थियो ।
आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भई प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार १ सय रहेको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक २८ आइतबार
Comments