काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ बढेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी १० रुपैयाँले बढेको हो ।
शुक्रबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार स्थिर रहँदै ९१ हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ भाद्र १३ आइतबार
Comments