काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार चार सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भनेर स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११८० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २०७८ भाद्र ६ आइतबार
Comments