काठमाडौं । बैंक अफ काठमाण्डूले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आव २०७०/ ७१ मा वितरण गरिएको नगद लाभांशमध्ये रू. २४ लाख ३० हजार ९८ दशमलव ३४ बराबरको लाभांश हालसम्म पनि केहि शेयरधनी लिन नआएकाले लिन भनेको हो ।कम्पनीले लाभांश लिन बाँकी शेयरधनीले बिओके क्यापिटल मार्केट लिमिटेडमा यथाशिघ्र सम्पर्क राख्न भनेको छ ।
कम्पनीले आव २०७४/ ७५,आव २०७५/ ७६,आव २०७६/ ७७ को बाँकी रहेको नगद लाभांश खातामा रकमान्तरका लागि सम्बन्धीत निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न पनि भनेको छ ।
कम्पनीले शेयर भौतिक रहेको हकमा पनि यथाशिघ्र अभौतिकीकरण गर्न पनि शेयरधनीलाई भनेको छ । साथै कम्पनीले आव २०७०. ७१ अघिको लिन नआएको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिसकेको बताएको छ ।
प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार
Comments