काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार दुई सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार तीन सय ५० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२०५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला ११९० कायम गरिएको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ साउन २७ बुधबार
Comments