काठमाडौं । घरमै बसिबसि किनेमेल गर्न सकिने उदेश्यले आज साउन २६ गते मंगलबारदेखि नयाँ अनलाइन सपिङ ‘झिगु सपिङ’ को थालनी गरिएको छ ।
लामो समयदेखि ईभेन्ट म्यानेज्मेन्टको क्षेत्रमा सक्रिय धीरज तण्डुकार तथा फोटोग्राफी क्षेत्रमा सक्रिय अमृत त्यातले संयुक्त रुपमा ‘झिगु सपिङ’ को थालनी गरेका हुन् ।
सञ्चालक तण्डकारका अनुसार झिगु सपिङको उद्घाटनको अवसर पारेर उक्त अनलाइन सपिङमा आगामी दुई साताका लागि हरेक सामान खरिद गर्दा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यो अनलाइन सपिङमा उच्च गुणस्तरीय होम एप्लाइन्स, किचेन एप्लाइन्स, इलेक्ट्रोनिक एप्लाइन्स, बेबी टोयज, बेबी आइटम, लेडी क्लोथ, फेसन वेयर आदि सामाग्री उपलब्ध छ ।
प्रकाशित मितिः २०७८ साउन २६ मंगलबार
Comments