काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन ७ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
आइतबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार ७ सय रुपैयाँ घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ जेठ ३१ सोमबार
Comments