फिल्म ‘बलिदान’ मा सौगात मल्ल अनुबन्धित

0

काठमाडौं । सन्तोष सेनको निर्देशनमा बन्ने फिल्म ‘बलिदान’ मा सौगात मल्ल अनुबन्धित भएका छन्। आइतबार अभिनेता मल्ल र निर्माताबीच औपचारिक सम्झौता भएको हो। यसअघि फिल्ममा अर्पण थापा अनुबन्धित भइसकेका छन्।

तिहारमा टिजर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी दिइएको थियो। फिल्ममा मधेस आन्दोलनको परिवेशलाई देखाइने छ। फिल्म आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। पवन विष्टले निर्माण गर्ने फिल्मका कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी छन्।

दर्शन जीको पटकथा लेखन रहने फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्। पुरूषोत्तम प्रधानले छायांकन गर्ने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन्। यो फिल्म आगामी वर्ष २०८१ को दसैंमा प्रदर्शन हुनेछ।

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार

Comments

comments

Share.
Loading...

Comments