काठमाडौं । आज मंसिर कृष्ण चतुर्दशी अर्थात शतबीज छर्ने दिन हो । बालाचतुर्दशी पनि भनिने आजको दिन मृतकका आफन्तहरूले शिवालयहरुमा शतबीज छर्ने गर्ने प्रचलन रहेको छ ।
शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको ठूलो भीडसमेत लागेको छ । शतबीज छरेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।
मंसिर कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयहरूमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरेका थिए । त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।
प्रकाशित मितिः २०७५ मंसिर २० बिहिबार
Comments