काठमाडौं, मंसिर २० । रासायनिक मलको भाउ घटेको छ । कृषि सामग्री कम्पनी लिमिटेडबाट बिक्री हुने युरिया र डिएपी मलको मूल्य घटेको हो । कम्पनीका अनुसार युरिया मल प्रतिबोरा दुई सय रुपैयाँ र डिएपी मल प्रति बोरा एक सय रुपैयाँ मूल्य घटेको छ ।
घटाइएको मूल्य आइतबारदेखि नै लागु भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । अब युरिया मल प्रतिबोरा ८ सय ४२ रुपैयाँ र डिएपी मल २२ सय ५१ रुपैयाँ पर्नेछ । मलको आयात भइरहेकाले हिउँदे बालीका लागि समस्या नहुने कम्पनीले जनाएको छ ।
रासायनिक मलको भाउ घट्यो
0
Share.
Comments