काठमाडौं । साकाहारी मानिस जो मासु खाँदैनन् उनीहरुले पनिरको तरकारी पकाएर खान सकन्छन् । पनिरलाई मासुको विकल्पमा पनि खाने गरिन्छ । हुन त पनिरको सब्जी बनाउने तरिका सबैको फरक–फरक हुन्छ । तर, छिट्टो र मिठो पनिरको सब्जी बनाएर खाने हो भने यसको पनि पकाउने विधि अलि छुट्टै छ ।
आफ्नै घरमा सजिलै बनाउन सकिने पनिरको सब्जी सबैलाई मन पर्ने परिकार हो ।
चाहिने सामग्री स् आवश्यकताअनुसार पनिर, २ ओटा काटेको प्याज, लसुन र अदुवाको पेस्ट, गरम मसला, खुर्सानी पाउडर, जिरा पाउडर, धनिया पाउडर, बेसार, नुन स्वादअनुसार, खुर्सानी, टमाटरको पेस्ट, मसिनो गरी काटिएको धनियाको पत्ता, तेल, हरियो मटर ९मनपरे थप्न सकिन्छ० ।
बनाउने विधि स् ग्यासमा एउटा कारई बसालेर तेल तताउने, सानो–सानो टुक्रामा काटेर रेखेको पनिरलाई तेलमा तार्ने । हल्का रातो भएपछि अलिकति पानी हालेको एउटा कटौरामा निकाल्ने । यसो गर्दा पनिर नरम हुनुका साथै मसला पनि छिर्ने हुन्छ । त्यसपछि, बाँकी रहेको तेलमा खुर्सानी पड्काउने, र प्याज हालेर भुट्ने, प्याज हल्का रातो भएपछि मटरलाई मज्जाले भुट्ने र टमाटर राखी नुन, बेसार, लसुन अधुवाको पेस्ट, मसला राखेर छोप्ने ।
५ देखि १० मिनेटसम्म मज्जाले भुट्दा तेल र मसला छुट्टिएपछि सुरुमा निकालेको पनिरलाई मसलामा राखेर एकछिन मसला छिर्न दिनु पर्छ । भुटिसकेपछि अलिकति पानी राखेर एकछिन राख्ने । पाकिसकेपछि काटिएको धनिया पत्ता छर्किएर भात, चिउरा तथा रोटीसँग यसलाई सब्जी वा अचारको रुपमा प्रयोग गर्न सकिन्छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १२ बुधबार
Comments