काठमाडौं । संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये संगीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो ।
यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउने आयुर्वेदाचार्य हेमकुमारी आचार्यले जानकारी दिइन् । उनी भन्छिन्, ‘गन्धर्व वेदअनुसार संगीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ । यी सात स्वरमा सा, रे, ग, म, प, ध, नि पर्छन् ।
छिँडीभरि साना–ठूला ‘सिङ्गिङ बाउल’ छरिएका छन् । सँगैको बन्द कोठाभित्रबाट बेलाबेला मधुर गुञ्जन सुनिन्छ । शान्तरत्न शाक्य बेला बेला हातको ड्रम स्टिकले महिलाको वरिपरि राखिएको कचौरामा हिर्काउँदै ध्वनि निकालिरहेका थिए ।
बौद्धका शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३७ वर्ष भइसक्यो । उनी भन्छन्, ‘यो झन्डै १८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीले अलिकति विश्वास लिए निको हुन्छ ।’
प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार
Comments