काठमाडौं ।आज माघे संक्रान्ति । नेपालीहरुले आज यो पर्वलाई विशेष रुपमा मनाउँने गर्छन् । संग्रान्ति घ्यू, चाकु, तरुल, सखरखण्डा, पिडालु खाने प्रचलन गरेको छ । आजको दिन माटोमुनि फलेका बालीको रूपमा तरुल, सखरखण्ड, पिडालुका साथै चाकु, तिलको लड्डु पनि खाने प्रचलन छ ।
हाम्रा धेरैजसो चाडपर्वमा खाइने खानेकुरा समय र शरीरको आवश्यकताअनुसार पनि निर्धारण गरिएको हुन्छ । आजको दिन खाइने यस्ता खानेकुराले शरीरलाई शक्ति दिनुका साथै, आवश्यक पोषकतत्वसमेत पूर्ण गरिदिन्छ ।
नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक छ ।
तरुल खाँदा पुग्छन् यस्ता फाइदा
-छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो
-यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
-तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
-यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
-तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
-यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।
-त्यसैले तरुलको महत्व माघिमा मात्र नभई अरु वेला पनि खानु स्वास्थ्यको लागि अचुक औषधि प्रमाणित भएको छ ।
प्रकाशित मितिः २०७६ माघ ०१ बुधबार
Comments