भक्तपुर । सुपारी चपाउने बानी धेरै मानिसहरुमा हुने गर्छ । गुटका , पाराग , मधु आदि सुपारीका विभिन्न प्रकार हुन् । सुपारीको सेवन हाम्रो स्वास्थ्यको लागी राम्रो मानिदैन । यसले हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरु ल्याउने गर्छ । कतिपय मानिसमा सुपारीले खाना पचाउन मद्धत गर्छ भन्ने भ्रम हुने गर्छ । यसले हामीलाई पुर्याउने नोक्शानको बारेमा मानिसलाई थाहा नभएको कारण मानिसहरुमा यस्ता भ्रमहरु हुने गर्छन् ।
सुपारी खाँदा हामीलाई पुग्ने असरहरु यस्ता छन्
१, क्यान्सर : सुपारीको अत्याधिक सेवन गर्नाले हामीलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । सुपारी सेवनको कारण मुखको क्यान्सरका बिरामीको संख्या बद्धो छ ।
२, दाँतको समस्या : यसको सेवनले दाँतको जरामा विभिन्न खालका समस्याहरु आउने गर्छन् । सुपारी नियमित रुपमा चपाउने गरेमा दाँत खीइने गर्छ । जसले गर्दा हाम्रो दाँत कम्जोर हुँदै जान्छ ।
३, मुटु रोग : अत्यधिक सुपारी सेवनले मोटोपना बढाउँछ । जसले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । सुपारीको सेवनले हाम्रो मुटुमा नकारात्मक असर पुर्याउने गर्छ ।
४, रसायनिक प्रतिक्रिया : अन्य औषधी तथा हर्वलसित मिसिएको अवस्थामा यसले शरीरमा रसायनिक प्रतिक्रिया जनाउँछ । यसले औषधीको प्रभावकारीतामा समेत र्हास ल्याउँछ ।
५, अन्य साइड इफेक्ट्स : यसले शरीरमा लत लगाउनुका साथै सुपारीको बानी पार्छ, जुन छोड्न समेत गार्हो हुन्छ । त्यसैले चिकित्सकहरु जो कसैलाई सुपारी नखाने सल्लाह दिने गर्छन् ।
प्रकाशित मितिः २०७५ असोज २२ शोमबार
Comments