भक्तपुर । बागमती प्रदेश सभासदस्य सुरेश श्रेष्ठले स्वास्थ्यकर्मी बलियो भए नागरिक स्वस्थ हुने बताएका छन् ।
नेपाल स्वास्थ्यकर्मी युनियनको चौंथो भक्तपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मी तन मन र बचनले बलियो भए मात्रै नागरिक स्वस्थ हुने बताएका हुन् ।
नेपालमा स्वास्थ्यकर्मी, सङ्घ प्रदेश र स्थानीय तह संरचनाको मारमा परेको श्रेष्ठले बताए । स्वास्थ्य क्षेत्र आफै अप्ठेरोमा परेका बेला कस्तो अवस्था देखिएला यतातर्फ बेलैमा सबैको ध्यान जानु पर्ने उनको भनाई छ ।
संघियता कार्यान्वयनको पाटोमा देखिएको जटिलताले प्रत्यक्षरुपमा स्वास्थ्यकर्मी मर्कामा परेको श्रेष्ठले बताए ।
अधिवेशनले नयाँ कार्यसमितिको चयन समेत गरेको थियो ।
Comments