भक्तपुर । यो बर्ष मध्यपुुुर थिमीमा हुने विस्का जात्रा पनि औपचारीक पूजामा मात्रै सिमित हुने भएको छ । भक्तपुरको मध्यपुुर थिमी नगरपालिकाको बैठकले थिमीको सिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रा लगाएतका सवै जात्राहरु औपचारीक पूजामा मात्रै सिमित गर्ने निर्णय गरेको हो ।
जात्रामा हुने भिडभाडले कोरोना भाइसर संक्रमणको जोखिम बढ्ने सम्भावना भएको भन्दै नगरपालिकाले यस बर्षको विस्का जात्रा औपचारीकतामा मात्रै सिमित गर्ने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
थिमीको विस्का जात्राको मुख्य आर्कषण बैशाख २ गते सिन्दुरे जात्रा र सोहि दिन बोडेमा जिब्रो छेड्ने जात्रा हुन । थिमीमा बिस्का जात्रा चैत ३० गते देखि बैशाख २ गते सम्म मनाउने गर्छन ।
यसरी जात्राको परम्परालाई निरन्तरता पनि दिने र कोरोनाको महामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ ध्यान जानु सकारात्मक रहेको स्थानीयहरु बताउँन् ।
प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार
Comments