भक्तपुर । हनुमन्ते करिडोरको निर्माण भनेर गरिएको हल्लामात्र भएको मध्यपुर थिमि नगरका प्रमुख मदन सुन्दर श्रेष्ठले बताएका छन् । करिडोरका नाममा गरिएको हल्ला हल्ला मात्र भएको र उक्त क्षेत्रमा नदि तट्बन्धनको काम मात्र भएको उनले प्रष्ट पारे ।
बिवादको क्रम जारी रहेको करिडोर क्षेत्रका जनताको ब्यापक गुनासो पश्चात पत्रचार गरेरै रोक्न आग्रह गरिसकेको समेत उनले बताए । यसरी पत्रचार भएसँगै करिडोरको काम अघि नबढ्ने समेत उनले बताए । उनले भने यस क्षेत्रमा रहेका जनताको जग्गा ब्यवस्थित हस्तान्तरण गर्ने सहमति भन्दा पनि खोलामा तट्बन्धनको काम मात्र जारी रहेपछि स्थानीयमा शंका पैदा हुनु स्वभाविक रहेकै बिषयलाई आधार मानेर तत्कालका लागि यो क्षेत्रमा काम रोकिएको हो ।
भूमाफियाको चलखेलले ब्याप्तता रहेको यो क्षेत्र बिगत देखिनै बिवादीत रहँदै आएको बताउँदंै हाल जनप्रतिनिधि आइसकेपछि ब्लक फयक्ट्रिले अतिक्रमण गरेको जग्गा नपाको अगुवाईमा सम्म पारिसकेको समेत उनले भक्तपुरन्युजलाई जानकारी दिए । यो क्षेत्रमा भएको जग्गाको आर्थिक चलखेलकै कारण सत्य बिषयलाई उठान गर्दा समेत आर्थिक आरोपमा आफूलाई समते मुच्छ्ने काम गरिएको उनले बताए । उनले भने सूर्यबिनायक नगरापालिका र मध्यपुर नगरपालिकाको सिमा भएर बग्ने यो हनुमन्तेको बहाव नै प्रमुख जड रहेको छ ।
बिगत २१ सालको बहावमा र हाल प्राकृति बहावलाई आधार मानेर जग्गलाई एक ढिक्का बनाएर खोलालाई बीच बाट समेत बगाउन सकिने र जग्गा धनिहरुलाई उनीहरुको जग्गा उपलब्ध गराउन सकिने समेत बताए । तर खोलाको बहाव कताबाट बगाउने भन्ने बिषय नै प्रमुख जड रहेको उनले बताए । उनले भने कानुनी प्रक्रिया पुराएरमात्र करिडोरको काम अघि बढाईने छ ।
श्रेष्ठले हनुमन्ते जग्गा एकिकरण आयोजनाको प्रक्रियाबाट उपभोक्ता समिति गठन गरी आयोजनाको डिपिआर तयार गरी जनताको जग्ग फिर्ता पाउने गरी पूर्ण प्रत्याभुती नभएसम्म हनुमन्ते करिडोरको काम अगाडि बढ्न नसक्ने समेत जानकारी दिए ।
प्रकाशित मितिः २०७६ साउन ५ आइतबार
Comments