काठमाडौं । कतारमा एकजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ दूधपोखरी गाउँपालिका—२ बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडी रहेका छन् । २ वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा पुगेका दवाडीको सुतिरहेकै अवस्थामा शनिबार राति मृत्यु भएको हो ।
राति सुतिरहेको अवस्थामा उनले अचानक अनौठो आवाज निकालेका थिए । उनको अनौठो आवाज सुनेपछि कोठाका अन्य साथीहरुले हेर्दा अस्वभाविक रुपमा ओछ्यानमा पल्टिरहेको देखेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।उपचारको क्रममा उनको मृत्यु भएको हो ।
लमजुङ सेवा समाज कतारका अनुसार, अल वक्रास्थित डेउ इन्जिनियरिङमा कार्यरत दवाडीको शवलाई प्रहरीले मुचुल्का उठाएर कतार सरकारको सम्बन्धित सरकारी अस्पताल हमादमा पोस्टमार्टमका लागि राखिएको छ ।
प्रकाशित मितिः२०७६ वैशाख ३ मंगलबार
Comments