पाँचथर । मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्कि दिएर ३० वर्षीय युवकले ३५ वर्षीय महिलालाई बलात्कार गरेका छन् । घरमा श्रीमान नभएको अवस्थामा धम्कि दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । पक्राउ परेका माथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments