मोरङ, २९ मंसिर । मोरङमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । गएराति सवा १ बजे मोरङको सुन्दरहरैचा नगरपालिका ७ मालतीपुल नजिकै मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा एम्बुलेन्स चालक इलाम नगरपालीका ६ का सुनिल राई, एम्बुलेन्समा सवार शिशिर लिम्बु, प्रमिला कार्की, रमिला लिम्बु र नेपाल खड्का रहेका छन् ।
घाइते सबैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा ५ घाइते
0
Share.
Comments