धादिङ, ९ असार । धादिङको जोगीमारास्थित हुदी खोलामा आज बिहान ट्रक दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट चितवनतर्फ गइरहेको ना ६ ख ३१२३ नम्बरको ट्रक हुदिखोलामा दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए ।
दुर्घटनामा ट्रक चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री, सहचालक जीवन लामा र ट्रकमा सवार एक यात्रु सन्जु राईको मृत्यु भएको उनले बताए । ट्रक सडकबाट खोलामा खसेको छ । अत्याधिक गतीमा गुडेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Comments