काठमाडौं । आइतबारदेखि परेको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परेर देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको तथ्यांक अनुसार ११ जिल्लामा बाढी पहिरोमा परेर ४८ जनाको मृत्यु भएको हो ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार ३१ जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण २३ जना घाइते भएका छन् । बाढी र पहिरोमा परेर इलाममा ११ जनाको मृत्यु भएको छ ।
त्यस्तै डोटीमा ९ जना, धनकुटा, हुम्ला र पाँचथरमा ६÷६ जना, बैतडीमा ४ जना, सुनसरीमा २ जना, डडेल्धुरामा १ जना, कालिकोटमा १ जना , प्युठानमा १ जना र उदयपुरमा १ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।
त्यस्तै बझाङमा २३ जना, इलाममा ५ जना, प्यूठानमा २ जना र डोटीमा १ जना गरी ३१ जना वेपत्ता भएको पाण्डेले बताइन् । सात जिल्लामा २३ जना घाइते भएका छन् ।
बाढी र पहिरोका कारण विभिन्न जिल्लामा ठूलो आर्थिक क्षति पुगेको छ । बाढी पहिरोमा परेकाहरूको उद्धार तथा खोजतलास कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार
Comments