काठमाडौं । बेलायतमा कोरोना संक्रमित पुष्टि भएको १३ वर्षीय किशोरको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने सबैभन्दा कम उमेरका सम्भवतः उनी पहिलो व्यक्ति हुन् ।
द सनका अनुसार श्वासप्रश्वासमा समस्या आएका कारण साउथ लन्डनस्थित ब्रिक्सटोन निवासी १३ वर्षीय स्माइल मोहमद अब्दुलवाहालाई किङ्स कलेज अस्पतालमा भर्ना गरिएको थियो ।
ट्रष्टका प्रवक्ताले ती किशोरको मृत्यु सोमबारका दिन आकस्मिक भएको बताउँदै थप विवरण नदिने बताए । स्माइलको परिवारले उनको मृत्युपछि ठूलो चोट पुगेको बताएका छन् ।
परिवारका अनुसार स्माइललाईमा श्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना गरिएको अर्को दिन शुक्रबार जाँचका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।
उनलाई भेन्टिलेटरमा र पछि कोमामा राखियो तर दुःखको कुरा हिजो बिहान उनको मृत्यु भयो ।
उनीसँग कुनै स्वास्थ्य समस्या नभएको ब्रिक्सटन मादीना कलेज मा निर्देशक मार्क स्टीफनसनले बताएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएको किशोरको यो विरलै घटनामध्ये एक हो ।
अहिलेसम्मको तथ्यांकअनुसार ०।३ प्रतिशत किशोरहरुमात्रै लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना भएकामध्ये ०।०६ प्रतिशतको मात्रै मृत्यु भएको छ । अर्थात् ३० हजारभा २ जनाको मात्र यस उमेर समूहका मानिसको मृत्यु भएको छ । एजेन्सी
प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार
Comments