काठमाडौं । मलेसियामा एक नेपालीको चक्कु प्रहारद्वारा हत्या भएको छ । नेपाली र म्यानमारका कामदारबीच भएको विवादका क्रममा चक्कु हानाहान हुँदा शनिबार एक नेपालीको मृत्यु भएको हो । केपोङको एक कम्पनीमा कामदारहरुका बीचमा झडप भएको थियो ।
मृत्यु हुनेमा ललितपुरका इन्द्र तामाङ रहेको श्रोतले जनाएको छ । त्यस्तै चक्कु लागेर झापाका लालबहादुर लिम्बू घाइते भएका छन् । घाइते लिम्बूको अस्पतालमा उपचार भइरहेको छ । घटनामा चक्कु प्रहार गर्ने म्यानमारका कामदार घटनापछि भागेको र उनको खोजी भइरहेको जनाइएको छ ।
प्रकाशित मितिः २०७५ माघ ६ आइतबार
Comments