काठमाडौं ३ साउन । भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ । अहिले थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कूल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका अध्यक्ष एम भी नैडूले बुधबार घोषणा गरेका थिए ।
माथिल्लो सदनमा यसअघि पनि १७ भाषाका दोभासेको व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । अहिले डार्गी, काश्मिरी, केन्कानी, सान्थाली र सिन्धी भाषाका दोभासेहरू थप गरिएको जनाइएको छ । भारतको संसदमा फरक फरक भाषा प्रयोग गर्ने समुदायका नेताहरू प्रतिनिधि भएर आउने गरेका छन् । फरक फरक भाषाभाषीका प्रतिनिधिहरूले आफ्नै भाषामा बोल्ने भएकाले उनीहरूको दोभासे अत्यावश्यक भएको बताइएको छ । एजेन्सी
Comments