११ असार । क्रोसियासँग अर्जेन्टिना रसियामा जारी विश्वकप फुटबलमा पराजित भएपछि भारतको केरेलाका डिनु एलेक्सले आत्महत्या गरेका थिए । जित हासिल नगरेपछि सुसाइड नोट लेखेर बेपत्ता भएका डिनुको शब कोट्टयमको इलिक्कल पुल नजिकै भेटिएको हो । उनी शुक्रबारबाट बेपत्ता भएका थिए ।
स्टार फुटबलर लियोनल मेसीका प्रशंसक डिनुको कोठाबाट एउटा सुसाइड नोट भेटेको थियो । मेस्सीका डाइहार्ट फ्यान रहेका उनले आफ्नो सुसाइड नोटमा समेत मेस्सीबारे प्रशंसा गरेका थिए । (एजेन्सी)
Comments