काठमाडौं । जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन्।
एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी-७ समूहले माग गरेको छ।
भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे।
जी(७ नेताहरू बढ्दो रुसी आक्रामकताविरुद्ध आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन्।
‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्नेछौँ र युक्रेनलाई जति समय लाग्छ त्यसको साथमा उभिनेछौँ’, उनीहरूले विज्ञप्तिमा भनेका छन्।
‘हामी बेलारुसको सहयोगमा रुसद्वारा युक्रेनविरुद्धको क्रुर, अव्यावहारिक, अनुचित र गैरकानुनी आक्रामक युद्धको निन्दा गर्छौँ’, विज्ञप्तिमा भनिएको छ। एजेन्सी
प्रकाशित मितिः २०७९ असार १४ मंगलबार
Comments