काठमाडौं । चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठ जना बेपत्ता भएका छन् ।
ज्यासी शहरको कोइलाखानीमा लङ्मे माइनिङ होल्डिंग ग्रुप कम्पनी लिमिटेडद्वारा संचालित कोइला खानीमा शनिबार दिउँसो १२ः०७ मा भएको दुर्घटनामा उद्धार जारी रहेको र थप विवरण आउन बाँकी रहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
बिस्फोटपछि उनीहररुलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहररुले बताएका छन् ।
उद्धारकर्मीहरूले वेपत्ता श्रमिकहरूको खोजी र उद्धार प्रयासहरू गरिरहेको तर आइतबार साँझसम्म उनीहरूको अवस्था थाहा हुन नसकेको बताएका छन् ।
प्रकाशित मितिः २०७८ जेठ २४ सोमबार
Comments