काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लागाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कुनै जिल्लामा एकजना मात्रै इन्चार्ज छन् भने कुनैमा एकजना मात्रै सह-इन्चार्ज तोकिएको तर कुनै कुनै जिल्लामा १० जनासम्म सह(इन्चार्ज बनाइएको छ ।
विभाग, आयोग, केन्द्रीय निकाय र प्रवास संगठनको एकतालाई अन्तिम रूप दिन मंगलबार केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालयको अर्को बैठक बस्ने र सबै प्रकृया टुङ्याइने उनको भनाई थियो ।
प्रकाशित मितिः २०७६ साउन ५ आइतबार
Comments