काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित तीन जना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।
कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराईलाई मंगलबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो ।
सरकारले पाँच देशका लागि राजदूत सिफारिस गरेकोमा गत बिहीबार दुई जनाको सुनुवाइ गरेको थियो ।
अब उनीहरुलाई सम्बन्धित देशको एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।
प्रकाशित मितिः २०७५ माघ ८ मंगलबार
Comments