गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच वर्षभित्रमा देशको मुहार फेरिने बताएका छन् ।
गोरखाको बुटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ७० वर्षसम्म विकासका माध्यमबाट देशको मुहार फेर्ने परिस्थिति नबनेको भन्दै अबको पाँच वर्षभित्रमा देशको मुहार फेरिने बताएका हुन् ।
‘हुँदैन भनेका धेरै काम नेपालमा भएका छन्, गणतन्त्र आउँदैन होला भनेको आयो, संघीयता आउँदैन भनेको आयो, चुनाव हुँदैन होला भनेको भयो अब विकास पनि केहो केहो यो नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला तर म के विश्वास दिलाउँन चाहन्छु अबको पाँच वर्ष भित्रमा नेपालको मुहार फेरिन्छ’ प्रचण्डले भने, यो परिस्थिति ७० वर्षसम्म बन्न सकेको थिएन अब बनेको छ ।’
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments