काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिका पुगेर प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै नेपालले ओलीलाई धेरै सुन्न र थोरै बोल्न सुझाव दिएका हुन् ।
वरिष्ठ नेता नेपालले अहिले जनताले नतिजा हेर्न चाहना भएको बताउँदै यस्तो अवस्थामा बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताउँदै उनले भने अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो, त्यसैले धेरै सुन्नू, थोरै बोल्नू ।
पूर्वप्रधानमन्त्री नेपालले सरकार सञ्चालनबारे पार्टीमा छलफल नगरिएकोप्रति दुःख व्यक्त गर्दै असन्तुष्टि जनाए । उनले सरकारको समीक्षा गरिहाल्ने बेला नभएको बताउँदै भने, ‘मलाई विश्वास छ, केही समयपछि सरकारले देखिने परिणाम निकाल्ने छ ।’
काशित मितिः २०७५ असोज ७ आइतबार
Comments