काठमाडौं २ साउन । राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठ घटनामा सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय जनता पार्टीले विरोध जनाएको छ।
राजपाले आज विज्ञप्ति जारी गर्दै पीडकमाथि कुनै किसिमको कारवाहीको सिफारिस नगरिएको र पीडितलाई न्याय दिलाउन सक्ने अवस्था नरहेको भन्दै आयोगको प्रतिवेदनको आलोचना गर्नुका साथै मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको भन्दै सच्याउन माग गरेको हो।
सप्तरी जिल्लाको मलेठमा २०७३ फागुन २३ गते सुरक्षाकर्मीको गोली लागि पाँच जना मारिएका थिए भने १३ जनाभन्दा बढी घाइते भएका थिए। उक्त घटनाको करिब २ वर्षपछि राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मधेशी मोर्चालाई मुख्य दोषी मानिएको छ भने सहायक दोषी एमालेलाई मानिएको छ।
Comments