काठमाडौं, ११ असार । मित्रराष्ट्र चीनको ६ दिने भ्रमण पूरा गरी हिजो स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् ।
आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी दिन उनको सम्बोधन तय भएको बताइएको छ ।
दिउँसो २ बजे प्रतिनिधिसभाको बैठकमा उनले सम्बोधन गर्न लागेका हुन् ।
चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।
Comments