सुर्खेत । नवनियुक्त कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री राजकुमार शर्माले शपथ खुवाएका हुन्।
बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शाही २०७६–०७८ मा कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत हुन्। माओवादी प्रवेश गर्नुअघि उनी नेकपा एमालेको अर्थ तथा योजना विभागको सचिव भएर काम गरेका थिए।
प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार
Comments