काठमाडौं । भारतीय हास्य कलाकार जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बुढेसकाल लागेसँगै विभिन्न रोगले थलिएका उनको बुधबार बिहान साढे ८ बजे निधन भएको बताइएको छ । बास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी रहेका जगदीप फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले बलिउडमा चर्चित बनेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २५ बिहिबार
Comments