काठमाडौं । चलचित्र पसिना को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७६ को अवसर पारेर चलचित्रको तिन वटा पोस्टर सार्बजनिक गरिएको हो ।
केहि दिन अघि चलचित्र ‘पसिना’को प्रोमोसनल टाइटल गीत सार्बजनिक गरिएको थियो । मजदुरहरुको कथा व्यथा समेटिएको चलचित्र ‘पसिना’ को सार्बजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार गौरव पहाडी,अनु शाह,सरोज खनाल लाइ मुख्य स्थान दिइएको छ ।
आर बी खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन,शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए ।
आर बी खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् । चलचित्रको ट्रेलर यसै साता सार्बजनिक गर्ने योजनामा निर्माण टिम रहेको छ ।
प्रकाशित मितिः२०७६ बैशाख १ आइतबार
Comments