भारत, १३ फागुन । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षीया उनको दुबईमा आयोजना भएको एक विवाह समारोहमा सहभागी भइरहेका बेला हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
श्रीमान् बोनी कपूर र छोरी खुशीका साथ विवाह समारोहमा सहभागी भइरहेको बेला उनलाई हृदयाघात भएको हो ।
उनले तमिल, तेलेगु, मलायाम, कनादा र हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन् ।
उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल फिल्मबाट काम शुरू गरेकी थिइन् ।
दक्षिण भारतीय फिल्महरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिउड फिल्म सोलहवा सालबाट अभिनय शुरू गरिन् । सन् १९९७ मा चलचित्र ‘जुधाई’मा अभिनय गरेपछि उनी चलचित्र क्षेत्रबाट करिब १५ वर्ष बाहिरै बसेकी थिइन् । सन् २०१२ मा ‘इङ्लिस विङ्लिस’ बाट पुनः चलचित्र क्षेत्रमा पुनरागमन गरेकी श्रीदेवीलाई भारतीय सरकारले सन् २०१३ मा पद्माश्री अवार्डबाट विभूषित गरेको थियो । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् ।
रहिनन् श्रीदेवी
0
Share.
Comments