काठमाडौं, २५ असोज । नायिका रेखा थापा कार दुर्घटनामा परेकी छिन् । आज अपराह्न १२ बजे चाबहिलमा उनी आफैले चलाएको कारलाई ट्रकले ठक्कर दिएको हो ।
आज अपराह्न करीब सवा १२ बजे चाबहिलमा माल बाहक ट्रकले ठक्कर दिँदा रेखाको कारको धेरै भागमा ठूलो क्षति पुगेको छ । कार उनी आफैले चलाएकी थिइन् ।
गोपीकृष्ण मुभिजको कार्यालय सरस्वतिनगरबाट अन्तरवार्ता दिएर उनी बस्दै आएको अम्बे अपार्टमेन्ट फर्कने क्रममा उनी दुर्घटनामा परेकी हुन् । दुर्घटनामा परेर थापा सवार गाडीमा क्षति भए पनि उनी सकुशल छिन् । हाल थापा र ठक्कर दिने ट्रक चालक अनुसन्धनका लागि गौशला प्रहरी वृत्तमा छन् ।
नायिका रेखा थापा दुर्घटनामा
0
Share.
Comments