काठमाडौं । हलिउड अभिनेता फ्रेड वार्डको निधन भएको छ । ७९ वर्षका वार्डको निधनको खबर उनका प्रचारक रोन होफम्यानले पुष्टि गरेका हुन् । निधनको कारण भने अहिले खुलाइएको छैन । ‘ट्रेमर्स’ र ‘हेनरी एन्ड जुन’ अभिनयका कारणले चर्चित अभिनेताले ४ दशक बढी समय हलिउड अभिनयमा बिताएका छन् ।
उनले धेरै राम्रा फिल्ममा काम गरेका छन् । जसका कारण फ्यानले उनलाई सम्झिरहने छन् । उनी गोल्डेन ग्लोब जस्ता प्रतिष्ठित अवार्ड विजेता पनि हुन् । थुप्रै अवार्ड र पुरस्कार विजेता उनी ‘रेमो विलियम्स स् द एडभेन्चर बिगिन्स’ मा रेमोको भूमिका देखिएका थिए ।
प्रकाशित मितिः २०७९ जेठ ०१ आइतबार
Comments