काठमाडौं । कोरोना पोजेटिभ भएको कारण अक्षय कुमार कान्स फिल्म फेस्टिभलमा सहभागी नहुने बलिउड अभिनेता अक्षयकुमारलाई कोरोना संक्रमण भएको छ । अक्षय दोस्रो पटक कोरोना महामारीको चपेटामा परेका हुन् । यो जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका थिए ।
कोरोना पोजेटिभ भएसँगै अक्षयले कान्स फिल्म फेस्टिभ २०२२ मा सहभागी हुन नसक्ने बताएका छन् । पछिल्लो समय उनी आगामी फिल्म पृथ्वीराजको ट्रेलरलाई लिएर निकै चर्चामा छन् ।
अक्षयले ट्विटमा लेखेका छन् – ‘कान्स २०२२ को इन्डिया प्याभिलियन हाम्रो सिनेमा उद्योगको लागि धेरै उत्सुक विषय थियो । तर, दुःखको कुरा के छ भने म कोरोना पोजेटिभ भएको छु । अनुराग ठाकुर तपाईं र तपाईंको सम्पूर्ण टिमलाई फेस्टिभलको लागि धेरै शुभकामना । म त्यहाँ उपस्थित हुन नपाउँदा फेस्टिभललाई धेरै मिस गर्नेछु ।’
यसअघि सन् २०२१ मा पनि अक्षयमा कोरोना पोजेटिभ देखिएको थियो । अक्षयलाई उनको फिल्म राम सेतुको सुटिङका क्रममा कोरोना सङ्क्रमण भएको थियो । उनी बाहेक फिल्मका क्रुमा केही सदस्यहरूमा पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि फिल्मको सुटिङ रोकिएको थियो ।
प्रकाशित मितिः २०७९ जेठ ०१ आइतबार
Comments