काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक मैथानेकै शब्द तथा विलन थापा मगरको संगीत सुन्न सकिन्छ ।
कुशल श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा दीपकसँगै मनिष श्रेष्ठ, आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ ।
बेलायतमा छायांकन भएको भिडियोलाई निर्देशक श्रेष्ठले नै खिचेका हुन् । भिडियो सम्पादन तथा कलरिङ नवीन निरौलाले गरेका छन् ।
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments