मतदान र मनविनाका मान्छेहरु

0

संकेत कोइराला
बाँस र तामा परस्पर गफिँदै थिए ।
तामा : बा १ म आकास छेड्छु ।
बाँस : लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने भैंm भएस्– उद्देश्य के लिनु उडी छुन चन्द्र एक ।
तामा : तपाईं त निहुरिनु भो नि त
बाँस : तिम्रो उमेरमा म पनि तिम्रोजस्तै सोच्थें । उचाई लिँदै जाँदा चराचर देख्दै गएँ । तत्वबोध भो, तामस अररो हुन्छ र टिक्दैन । ज्ञान शालीन हुन्छ तर टिक्छ । प्रारब्ध बुझ्दै गएपछि सब कुरा थाहा हुन्छ बाबु ।
नेपालको राजनीतिमा थुप्रै तामाहरु बाँस बनेका छन् । अनि बाँस भएपछि फेरि तामा बन्न खोज्नेहरुको धृष्टता पनि उस्तै निर्लज्ज ढंगमा प्रकट भइरहेको छ । बाउअघि राजा भएका ज्ञानेन्द्र राजाको पदवी खोसिँदा पनि उच्च संस्कारयुक्त कदबाट एक कदम पछाडि हटेका छैनन् । तर नीतिशास्त्रमा सवैभन्दा ठूलो दान मानिने मतदानको अभिभारा बोकेका नेताहरु राग, आग्रह र पूर्वाग्रहको सुरुङबाट निस्कन सकेका छैनन् । जनताको खुट्टाले दुख पाएर राजनीतिक परिवर्तन आयो तर भूमिकै नभएको नेताहरुको छातीले तक्मा थाप्यो । उनीहरुको कार्यशैलीमाथि प्रश्न धेरै छन, तर उत्तर छैन् । भएको उत्तर पनि अपुरो छ ।

महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकहरुको नाउँ कहाँ छ ? रामायणमा ती सवै दानव र बाँदरहरुको नाम कहाँ छ ? सिंहदरवार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकहरुको नाउँ कहाँ छ ? धरहरा बनाउने सयौं कर्मीहरुको नाउँ कहाँ छ ? नाउँ छ त कौरव र पाण्डवहरुको । नाउँ छ त फगत राम र रावणको । नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् भीमसेन थापा । हुन पनि इतिहास जित्नेहरुको घोडा हो भन्छन् । सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन हो । सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ ।
जीवनको स्वाद प्रकृतिसंग छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ । आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे घडीको दास हुँदै गइरहेछ । घडीको सूईसंगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबटमा अवतरण भइरहेछ । भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने ? मन विनाको मान्छे र रोबटबीच कति फरक होला ? शायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरु शान्ति खोज्दै गंगाको किनारमा गेरु बस्त्रधारी भएर निस्किएका होलान् । म्याडोनाहरु संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान् । आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो । अझ त्यो भन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो । मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन, तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ ।

मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र पूmलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ? संसार आपैंmमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खानामा हैन, जीब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरु उहिरहेकै छन् । बादलहरु विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सिमानाभन्दा विशाल मैदानहरु छन् । त्यही नजिक उठेका हिमालहरु छन् । अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसे भैंm हिमालयहरु छन् । रात खुम्चिदै उज्यालो टेक्न पुग्छ । प्रत्येक दिन विहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति भैंm खुम्चिन र फक्रिन पुग्छ । दिउँसोको स्निग्ध आकास होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई आकर्षक बनाउने आकास होस, ती सवै शोभायमान छन् । सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका फूलहरु बर्साइरहेका छन् । जति हे¥यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरु, सौन्दर्यकृत प्रकृतिका उपहारहरु त्यसै त्यसै नष्ट भइरहेका छन् । ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने उर्जा प्रकृतिको अजस्र धारा हो, धारा । शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झम्झम् र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन् । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नविन अनुभूतिको आलोक खुलिरहन्छ ।
आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ । यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरु रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आपूmसंँग केही कविता हुनैपर्छ । संगीतको धून सुन्न आफूभित्र तरंग हुनैपर्छ । सात समुद्र पारीबाट आएका पर्यटकहरुले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका लागि पचासौं तस्वीर उतार्छन् तर त्यही मन्दिरको पेटीमा बसेका हामी चाहिँ त्यो मन्दिरमा सौन्दर्य देख्दैनौं । सौन्दर्य पिउन आपूmभित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट आपूm नियन्त्रित आजको मान्छे आफै निस्सासिएको छ । यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस् , अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि उ आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ । हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन् । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन् । हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा निद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ । जनआस्थामा प्रकाशित

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション