काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै छन् । लिभरपुलको घरेलु मैदानमा हुने खेल राति १०:१५ बजे शुरु हुनेछ । साविक विजेता समेत रहेको लिभरपुल घरेलु मैदानमा जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । लिभरपुल ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
लिभरपुल लिग लिडर सिटी भन्दा ७ अंकले पछि रहेको छ । सिटी ४७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिभरपुललाई हराउँन सके सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने छ ।एजेन्सी
प्रकाशित मितिः २०७७ माघ २५ आइतबार
Comments