काठमाडौं । फेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन पिएसजीले सहज जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा पिएसजीले ब्रेस्टमाथि ३–० गोलको जित निकालेको हो ।
घरेलु मैदानमा पिएसजीलाई जिताउन मोइसे किन, मौरो इकार्डी र पाब्लो सराबियाले समान एक–एक गोल गरे । किनले १६औं मिनेटमा गोल गरेपछि पिएसजीले सुरुआती अग्रता बनाएको थियो ।
८१औं मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए । ८३औं मिनेटमा सराबियाले गोल गरेपिछ पिएसजी ३–० गोलले विजयी भयो ।
जितसँगै दोस्रो स्थानको पिएसजीले १९ खेलबाट ३९ अङ्क जोडेको छ । ब्रेस्ट भने २६ अङ्कका साथ ११औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ पौष २६ आइतबार
Comments